रास्वपा सचिवालय बैठक

  • काठमाडौं ,१४ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बसेको हो।
    पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने लगायत सचिवालय सदस्यहरू सहभागी छन्।
    बैठकमा बैठकमा समसामयिक विषयमा छलफल हुने पनि प्रवक्ता खरेलले जानकारी दिए। पार्टी प्रवक्ता जगदीश खरेलले मधेस अडिटका सन्दर्भमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि बैठकमा पेस गरिएको जानकारी दिएका छन्। उक्त प्रतिवेदनका आधारमा पार्टीले आगामी कदमहरू चाल्ने उनले बताएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation