बुटवल उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा निर्मित कसजूको उम्मेदवारी

  • बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा उद्योग उपाध्यक्ष पदका लागि निर्मित कसजूले उम्मेदवारी दिएका छन्। उनी नरिश्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट उम्मेदवार बनेका हुन्।
    ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने नारासहित अघि बढेको समूहले निर्णय प्रक्रियामा सामूहिकता र कार्यान्वयनमा दृढतालाई प्राथमिकता दिएको छ।
    बुटवलस्थित ज्ञानी आल्मुनियमका प्रतिष्ठातासमेत रहेका कसजूले उद्योग क्षेत्रको विकास, उद्योगीका समस्या समाधान तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
    बुटवल उद्योग वाणिज्य संघलाई उद्योगी तथा व्यवसायीको साझा संस्थाका रूपमा थप प्रभावकारी बनाउँदै निजी क्षेत्रको विकास र समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।
    कसजूले संघका सम्पूर्ण सदस्य तथा उद्योगी व्यवसायीहरूसँग अमूल्य मत र समर्थनको अपेक्षा गर्दै आफूलाई उद्योग उपाध्यक्ष पदमा विजयी गराउन आग्रह गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation