बुटवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्माको उम्मेदवारी

  • बुटवल,२५ असोज । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशन–२०८३ मा वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार बाबुराम विश्वकर्मा दिएका छन । बाबुराम विश्वकर्माले उद्योगी तथा व्यवसायीको हकहित संरक्षण र व्यापार क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
    ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने नारासहित अघि बढेको नरिस्वर शर्मा पौडेलको नेतृत्वमा रहेको समावेशी साझा समूहबाट विश्वकर्मा वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार बनेका हुन्।
    बुटवल–६ स्थित श्री राम गुल्मेली सुनचाँदी पसलका प्रतिष्ठातासमेत रहेका विश्वकर्माले व्यापार व्यवसायको प्रवर्द्धन, व्यवसायीका समस्या समाधान तथा व्यापारमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएका छन्।
    निर्णय प्रक्रियामा सामूहिकता र कार्यान्वयनमा दृढतालाई मुख्य आधार बनाएको समूहले बुटवलको उद्योग तथा व्यापार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
    विश्वकर्माले संघका सम्पूर्ण सदस्य तथा व्यवसायीहरूसँग अमूल्य मत र समर्थनको अपेक्षा गर्दै वाणिज्य उपाध्यक्ष पदमा आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation