काठमाडौँ,१९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले आज मातहत कार्यरत शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो।
मन्त्रालयले सरुवा भएका सबै शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। यससँगै सबै स्थानीय तहले कन्फर्म प्रमुख प्रशासकीय अधिकृत पाएको मन्त्रालयले जनाएको छ।













