काठमाडौँ,१३ चैत । महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
भण्डारीले आज मात्रै पदबाट राजीनामा दिएकी थिइन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनामा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।












