काठमाडौँ ,५ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मत परिणाम समेटिएको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहीबार आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयुक्तहरू डा.जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको जनाइएको छ।
आयोगले प्रतिवेदन बुझाएसँगै संवैधानिक प्रक्रिया अनुसार संसद् अधिवेशन आह्वान तथा नयाँ सरकार गठनको मार्ग खुला भएको छ।












