कैद भुक्तान सकेर कारागारबाट छुटे दीपक मनाङे

  • काठमाडौँ ,२७ फागुन। गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् ।चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए । मनाङेले २० प्रतिशत कैद छुट पाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation