११ बजेसम्म देशभरि १९ लाख बढी मत खस्यो

  • काठमाडौँ,२१ फागुन। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभर १६५ ओटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता अनुसार १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ। यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।
    निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation