बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

  • बुटवल ,५ असोज । बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेगरी पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।
    यस अंगाडि यहि असोजको २१–२३ गते गर्नेगरी मिति तय गरिएको थियो । बैठकले साधारण सभा तथा अधिवेशनको तयारी तथा कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापन लगायतका कारण पूर्वनिर्धारित मितिलाई हेरफेर गर्नुपरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
    संघका अध्यक्ष हरिप्रसाद अर्यालयको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति हेरफेर गर्नुका साथै साधारण सभा नविकरणको लागि पनि २ दिन समय थप गरिएको छ । साधारण सभा तथा अधिवेशनको मिति २ दिन पर सार्दा सदस्यता नविकरणको मिति पनि २ दिन थप गरिएको हो । संघको सदस्यता नविकरणको लागि आज (असोज ५ गते) सम्म समय रहेकोमा अव बुधबार (असोज ७ गते) सम्म थप गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation