बुटवल,११ भदौ । भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि लायन्स डिस्ट्रिक्ट ३२५ पी अन्तर्गतका विभिन्न क्लबहरूले प्रारम्भिक रूपमा रु। १८ लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रसुवा जिल्लाको रसुवागढी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसपछि निम्तिएको विपद्का कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रहेको छ ।
डिस्ट्रिक्टको आह्वानमा बुटवलस्थित डिस्ट्रिक्ट सचिवालयमा आयोजित आकस्मिक बैठकमा विभिन्न क्लबका प्रतिनिधि तथा पदाधिकारीहरूले विपद्को यस घडीमा बाढीपीडितको सहयोगका लागि आर्थिक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा उपस्थित हुन नसकेका क्लब तथा पदाधिकारीहरूबाट समेत थप सहयोग प्राप्त हुने अपेक्षा गरिएको जनाइएको छ। बैठकले सम्पूर्ण डिष्ट्रिक्ट पदाधिकारी तथा क्लब अध्यक्ष लायन्स परिवारलाई आ–आफ्नो क्लबको तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेको छ। प्रतिबद्धता जनाएका क्लबहरूलाई छिट्टै QR Code उपलब्ध गराइने र प्रतिबद्ध रकम यथाशीघ्र जम्मा गरी भोटेकोसी बाढीपीडितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आग्रह गरिएको छ। डिस्ट्रिक्ट गर्भनर सन्दिप कसौधनलेले विपद्का समयमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रसुवामा आएको बाढी तथा पहिरोका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका साथै राहत वितरणको काम भइरहेको छ ।
कार्यक्रमको अध्यक्षता Humanitarian Service & Disaster Relief DAT Coordinator Om Kumar Shresthaले गर्नुभएको थियो। भने कार्यक्रम नि बर्तमान गर्भनर बालाराम भट्टराई प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ लगाएतले बोलेका थिए । डिस्ट्रिक्ट सञ्चालन सचिव आशिष कृष्ण श्रेष्ठ ले गर्नुभएको थियो।
लायन्स डिस्ट्रिक्ट ३२५ पीले विपद्को समयमा मानवीय सेवाको भावनासहित बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुर्याउन क्लब तथा लायन्स परिवारलाई एकजुट भएर अघि बढ्न आह्वान गरेको छ।











