काठमाडौँ,१० भदौ। रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।
अहिलेसम्म ७२ जनाको शव भेटिएको नेपाल प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए । दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र लैंगिक पहिचान खुल्न नसकेका १० जना छन् । यस्तै १८ जनाको शव धादिङमा फेला परेको छ । जसमा ११ जना महिला, पाँच जना पुरुष र २ जना लैंगिक पहिचान खुल्न नसकेका शव छन् । २ महिला, ४ पुरुष, ३ पहिचान नखुलेकासहित ९ जनाको शव गोरखामा फेला परेको छ । यस्तै, नुवाकोटमा ११ जनाको शव फेला परेको छ । जसमा ५ महिला र ६ पुरुष रहेको प्रहरीले जनाएको छ । तनहुँमा २ पुरुष, १ बालिका र एक बालक गरी ४ जनाको शव फेला परेको छ । यस्तै, पूर्वी नवलपुरमा एक बालिका र रसुवामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।











