बुटवल ,९ भदाै – बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ । मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसंगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । नविनका तर्फबाट समूह ए र बि गरी दुई टिम प्रतिस्पर्धामा उत्रेको थियो । समूह बिले उपाधि चुमेको हो ।
ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवल १३ नहरपुरको आयोजनामा जिल्लास्तरीय प्रतियोगितामा भएको प्रतियोगितामा नबिन बिका बिप्लब गुरुङ उत्कृष्ट गोलकिपर, नबिन ए समूहका कुञ्ज गुरुङ बेष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ टुर्नामेन्टबाट पुरस्कृत भए ।
सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक गरिएको प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टर भएको हो । फाईनलमा नबिनको जितमा एकमात्र गोल निमेष शाहीले गरे । खेल शुरु भएको पहिलो मिनेटमा नै उनले आर्कषक गोल गरे । उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
भदौ १ गतेदखि सुरु भएको प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समापन गरेकी हुन् । समापन समारोहमा बोल्दै उनले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिईन । उनले बुटवल उपमहानगरपालिकाले खेलकुदको विकासका लागि ४ करोड बढि बजेट छुट्याएर काम गरेको दावी गरिन् ।
यस्तै विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरुले विद्यालय तहबाटै कुनै एउटा खेललाई पहिचान बनाउन सक्दा त्यसले खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले सेभेन एसाईड प्रतियोगिता सुरु गरिएको बताए । साथै उनले विद्यार्थीहरुमा खेलप्रति रुची बढाउनका लागि तलाउमा डुंगा फाल्ने काम आफूहरुले गरेको बताए ।
एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी, सिद्धार्थ केबलकारका प्रबन्धक नरबहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका थिए











