एक सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार असुलीबारे काँग्रेसको आपत्ति

  • काठमाडौँ,६ बैशाख । नेपाली काँग्रेसले भारतसँग जोडिएका नाकाहरूमा न्यून मूल्यका वस्तु खरिदमा समेत भन्सार शुल्क लगाइएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले १ सय रुपैयाँभन्दा माथिको सामानमा कर असुल्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेको हो।
    पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उक्त व्यवस्था जनहित विपरीत, व्यवहारिकताविहीन र संवेदनशीलताको अभाव झल्काउने खालको भएको उल्लेख गरिएको छ। सीमावर्ती क्षेत्रमा दैनिक उपभोगका वस्तु सानो परिमाणमा किन्ने सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने तर्क काँग्रेसको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation