बुटवल, ६ वैशाख । लायन्स क्लब अफ बुुटवल स्टार्सको वर्ष २०२६—२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा ढकेश्वर भट्टराइ निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचन बाट ११ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा रामबहादुर शाही, द्वितीय उपाध्यक्षमा पिताम्बर अर्याल ,तृतीय उपाध्यक्षमा मान बहादुर श्रेष्ठ सचिवमा ई छविन्द्र भट्टराई कोषाध्यक्षमा सिए प्रदिप भट्टराई, पि.आर.ओ दुर्गा आले र सह–सचिवमा राजेन्द्र पाण्डे, सह कोषाध्यक्ष विश्वदिप नेपाल, टेलटूइटर नविन पन्थी, टेमरमा सुरज थापा निर्वाचित भएको निर्वाचन आयुक्त भुपेन्द्र अर्यालले जानकारी दिए । लायन्स ३२५ वि पि नेपालका इलेक्ट डिष्ट्रिक गभर्नर तथा संस्थापक अध्यक्ष संदिप कसौधन नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै सामाजिक काममा लायन्सकै ईतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे । त्यस्तै कार्यक्रमा पूर्व अध्यक्ष डिष्ट्रिक सचिव आशिष कृष्ण श्रेष्ठले नयाँ नेतृत्वले सबै संगको हातेमालो समेत आवश्यक रहेको भन्दै सोही अनुसारको काम क्लबले अगाडी बढाउनेमा विश्वास व्यक्त गरे ।











