राजनीति

सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको योगदानलाई पछिल्लो पुस्ताले सधैं सम्झिनेछ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सम्पूर्ण समाजले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । शनिबार नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा संविधान दिवस युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । `समृद्ध लुम्बिनी, खुसी नागरिक´मुख्य संकल्पसहित दिवस...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं. ३, रुपन्देहीको ‘विशेष बैठक’ सम्पन्न

बुटवल ,२ असोज । नेपाली कांग्रेस क्षेत्र नं. ३,रूपन्देहीको ‘४०औं नियमित तथा विशेष बैठक’ भैरहवामा आज सम्पन्न भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व...

पुरा पढ्नुहोस
जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङ,२ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली

दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

दाङ,३१ भदौ ।लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव...

पुरा पढ्नुहोस
निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी: गगन थापाले

काठमाण्डौ,३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी भएको बताएका छन्। सोमबार नेपाली कांग्रेसमा आबद्ध भएका व्यक्तिहरूलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन‍्। यस्तै उनले पार्टी पुनर्गठन...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड

दाङ,२९भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित...

पुरा पढ्नुहोस
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं ,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहोस
संवैधानिक प्रक्रियाबाटै निकास खोजौंः मुख्यमन्त्री आचार्य

दाङ, २७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाद्र २३–२४ मा भएको आन्दोलनपछि उत्पन्न संकटको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक...

पुरा पढ्नुहोस
संविधानमै टेकेर राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको सपथ गराउनुपर्छ : डा. भट्टराई

काठमाण्डौ,२७ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा सिफारिस गरिनुलाई सकारात्मक भनेका छन्। शुक्रबार विज्ञप्ती जारी गर्दै भट्टराईले पूर्वप्रधानन्यायाधीश कार्कीको छवि स्वच्छ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा

काठमाडौं,२३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका...

पुरा पढ्नुहोस
गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले...

पुरा पढ्नुहोस
निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रयासरत छौं:मुख्यमन्त्री आचार्य

दाङ,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ । प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै...

पुरा पढ्नुहोस
खड्वा बनगाई सामुदायिक सिकाई केन्द्रको १८औ साधारणसभा सम्पन्न

शुद्धाेदन,२० भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका २ बनगाई, अवस्थित “सिप सन्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढछ आत्मसम्मान” मुल नाराका साथ खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोदन २ बनगाई, रुपन्देही १८औ साधारण सभा...

पुरा पढ्नुहोस