काठमाडौँ,६ जेठ । कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुनेछ।मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।












