गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • गुल्मी,९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित
    दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृ*त्यु भएको छ भने ४ जना घा*इते भएका छन्।
    स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो आइतबार दिउँसो करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा ६ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको कमान्डमा १० जनाको टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो।
    घटनास्थलमै मृ*त्यु भएका
    १. स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय स्कारपियो चालक दिलीप कुमार बागले।
    २. स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली।
    ३. गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ, स्याङ्जा बस्ने ५०/५५ वर्षीय लोकनाथ पाण्डे।
    ४. गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल बस्ने सीता पाण्डे।
    ५. गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्ने कुलानन्द पाण्डे।
    घाइ*तेहरूको विवरण
    १. गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट निवासी छविलाल पाण्डे — कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचाररत, अवस्था गम्भीर।
    २. गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका बस्ने ५०/५५ वर्षीया गोमता पाण्डे — मिसन अस्पताल पाल्पामा उपचाररत, अवस्था मध्यम।
    ३. स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदी — कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचाररत, अवस्था मध्यम।
    ४. स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी निता बगाले — कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु।
    दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
    घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
    (सुमन महत्रा फेसबुक बाट )

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation