तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइज क्वाटर फाइनलमा

  • रुपन्देही,२२ पुस । रुपन्देहीको शुद्धोधद गाउँपालिका ४ अवस्थि फर्साटिकर युवा क्लबको आयोजनामा शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ को सोमबारको तेस्रो दिनको प्रतियोगितामा देवदह ब्वाइजले ४-० लिष्णु युवा क्लब कोटिहवालाई पराजित गर्दै  क्वाटर फाइनलमा प्रवेश गरेको छ।खेलमा म्यान अफ म्याच देवदहका सुरज चौधरी भएका छन्। उक्त प्रतियोगितामा खेलको मध्यान्तर अगि  सुरज चौधरीले खेलको १२औ मिनेटमा गोल गर्दै खाता खोलेको थिए।र सत्ताईस औं मिनेटमा सुमित मल्लले अर्को गोल गर्दै टिमलाई २–० ले अगाडि बढाएका थिए। मध्यान्तरपछि ५ मिनेटमै सन्दीप चौधरीले अर्को गोल गरी टिमलाई ३–० ले अग्रता दिएका थिए मध्यान्तरपछिको ८२ औँ मिनेटमा अर्जुन चौधरीले अर्को गोल गर्दै जित सुनिश्चित गरेका थिए। सो यज्ञदोय दूधनाथ थारु बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष एवं युवा उद्यमी रमेश खनालको  प्रमुख आतित्यता रहेको कार्यक्रममा समाजसेवी एवं क्लबका आजीवन सदस्य गणेश खनाल को विशिष्ट आतित्यता, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो रहेको थियो।आउँदो माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार ५ रुपैया  हात पार्नेछ। भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिनुभयो ।
    शुद्धोधन गाउँपालिका १२ औँ फर्सा टिकट कप २०८१ मा यही पौष २३ गते  गोरखा ब्वाइज  रूपन्देही भर्सेस न्यु युथ युनियन पाल्पा बिच फर्सटिकर माविको खेलमैदान शुद्धधन-४ बर्मेली टोल दिउँसो ३ बजेदेखि  सुरु हुने आयोजकले जनाएको छ।शुद्धोधन गाउँपालिका १२औं  फर्साटिकट कप अवलोकन गर्न आएका दर्शकहरूले खेल सँगसँगै विभिन्न स्वादिलो खानेकुराको परिकारहरूको पनि आनन्द लिइरहेका छन् । थारु समुदायहरूको महान पर्व मागी खिचडी नजिकिँदै गर्दा घुंगीको स्वाद लिने पारखी सँगसँगै दर्शकहरूको भिड पनि दिनदिनै बढिरहेको क्लबका सचिव विष्णु पंगेनीले जनाएका छन्

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation