लुम्बिनी वल्ड स्कुलमा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो

  • बुटवल, पुस- लुम्बिनी वल्र्ड स्कुलले तिलोत्तमामा १३ को आयोजनामा तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ सम्पन्न भएको छ । प्रर्दशनीको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटनगरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विश्व जगत नयाँ खोज र अनुसन्धानमा अगाडि बढेको बताउदै अहिलेको वर्तमान विश्व परिवेश अनुसार शिक्षण सिकाई क्रियाकपाल आयोजना गर्नुको विकल्प नभएको बताएका थिए । विद्यार्थी को भवाना अनुसार शिकाई अवको आवश्यकता रहेको रहेको बताउँखदै मुख्यमन्त्री आचार्यले भनेः अवको शिक्षा आधुनिक र डिजिटल प्रकृतिको विश्वव्यापि उपयोग गर्ने, विश्व संग प्रतिष्पर्धा गर्ने खालको हुन आवश्यक छ ।’’

    उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभुत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेको मा जोड दिएका थिए । ‘अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउछ’ उनले भने–‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो । त्यही अनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाई गर्न जरुरी रहेको धारणा राखे ।

    ‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अव प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’ उनले भने–‘बदलिलो समय र मागको आधारमा सिकाई गर्ने पद्धती पनि बदलिनुपर्छ ।’
    प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिदै उहाँले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताए ।
    विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पो मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री सार्वजनिक गर्दै कार्यक्रम गरिएको बताएका थिए ।विद्यार्थीहरुमा शिक्षण सिकाई क्रियाकलपामा जोड दिनुको साथै अतिरिक्त क्रियाकलापमा जोड दिने गरी कार्यक्रम आयोजना गरिएका अध्यक्ष घिमिरेको भनाई रहेको छ । विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद ढकाल ले सिकाई उपलब्धी, ईनोभेषसन, ईनोभेटिभ कार्यको लागि विद्यालयले तेस्रो पटक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विश्वव्यापी शैक्षिक मापदण्ड अनुसार विद्यालयले विभिन्न रचनात्मक क्रियाकलपा गर्दै आएको जानकारी दिदै प्रधानाध्यापक ढकालले यसलाई निरन्तता दिने बताएका थिए ।

    कार्यक्रममा तिलोत्तमा नरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, अभिभावक, विद्यालय सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु सहित स्थानीय सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
    कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, आविस्कारसंग सम्बन्धीत विभिन्न स्टल सहितको प्रर्दशन समेत गरिएको थियो । विद्यार्थीहरुले मौलीक थारु नृत्य सहित अन्य नृत्य समेत प्रस्तुत गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation