लायन्स स्टार्सद्धारा भण्डारी परिवालाई सहयोग

  • बुटवल,११ चैत । स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लव अफ बुटवल स्टार्सले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ निवासी टिकाराम भण्डारीको परिवारलाई सहयोग प्रदान गरेको छ । लामो समय देखि भाडाको घरमा बस्दै आएका भण्डारीले बेरोजगार भएको कारण नजिकै रहेका छर छिमेकीहरुबाट सहयोग माग्दै जीविका चलाउँदै आएका थिए ।
    मंगलबार लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसी को अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ पि का एरिया ३ सचिव एन्जील खानको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो । सैनामैना नगरपालिका वडा नम्बर १ पर्रोहा परमेश्वर टोल मिलीजुली पथमा भाडाको घरमा बस्दै आएका भण्डारीकी छोरी लक्ष्मी भण्डारी हाल यो बर्षको एसईई परिक्षा दिने तयारीमा रहेकी छिन्, विपन्ताको कारण उनको शिक्षा क्षेत्रमा समेत असर नपरोस भन्ने उदेश्यले पत्रकार कृष्ण खनालको पहलमा उक्त सहयोग संकलन गरिएको थियो । कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पि एरिया ३ का सचिव एन्जील खानले लायन्स क्वबले लामो समय देखि खाद्यान्न सहयोग लगायतका जसलाई जुन प्रकृतिको आवश्यकता रहेको छ सोही अनुसार सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसीले क्लवले आगामी दिनमा पनि सहयोग गर्दै जाने र दीर्घकालीन रुपमा समस्या समाधानका लागि रोजगारीको समेत पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
    सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि का मिडिया कोअडिनेटर दुर्गा बहादुर आले ,क्लवका पुर्व अध्यक्ष शुसिल पाण्डे, क्लवका पुर्व अध्यक्ष रिन्कु लिगल, संस्थापक सदस्य कमलेश कसौधन लगायतको सहभागीता रहेको थियो । क्लवले चाम,ल दाल, चिउरा, चाउचाउ, आलु, स्वाविन, आटा लगायतका सामग्रीहरु प्रदान गरेको हो । साथै क्लवका पुर्व अध्यक्ष शुसिल पाण्डेले हाल एसईइको तयारी गरिरहेकी लक्ष्मी भण्डारीको लागि नगद ५ हजार समेत व्यक्तिगत रुपमा प्रदान गरेका थिए । साथै पत्रकार कृष्ण खनालको पहलमा संकलन भएको ६ हजार ५ सय रुपैयाँ बाट दुई दर्जन बढि कापी,पेन सहित थप चामल समेत सहयोग प्रदान गरिएको थियो । कार्यक्रम क्लवका सहसचिव ईन्जिनियर छविन्द्र भट्रराई को सञ्चालनमा भएको हो ।।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation