एचपिभी खोप गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई लगाइयो

  • गुल्मी,२ चैत। गुल्मी जिल्लामा ११–१४ वर्षका किशोरीलाई लक्षित गरि एचपिभी खोप लगाइएको छ । अभियानमा २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप लगाइयो छ।
    स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन असिस्टेन्ट श्याम कुमार पालका अनुसार माघ २५ देखि फागुन २ गतेसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत कुल २४ सय ६२ बालिकालाई खोप लगाउने लक्ष्य तोकिएकोमा २३ सय ५८ जनाले खोप लगाएका छन्।
    उक्त अभियानमा रेसुंगा नगरपालिकामा ३१९ जना (लक्ष्य ३१४), मुसीकोट नगरपालिकामा २६८ जना (लक्ष्य २९१), इस्मा गाउँपालिकामा १६८ जना (लक्ष्य १८१), कालीगण्डकी गाउँपालिकामा ११४ जना (लक्ष्य १२१), गुल्मीदरबार गाउँपालिकामा १२९ जना (लक्ष्य १४०), चन्द्रकोट गाउँपालिकामा १७३ जना (लक्ष्य १८०), छत्रकोट गाउँपालिकामा १७६ जना (लक्ष्य १६६) र धुर्कोट गाउँपालिकामा २०२ जनाले खोप लगाएका छन्।
    मदाने गाउँपालिकामा २११ जना, मालिका गाउँपालिकामा २७१ जना, रुरुक्षेत्र गाउँपालिकामा १५७ जना र सत्यवती गाउँपालिकामा १७० जना किशोरीले खोप लगाएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation