न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको नवौ साधारण सभा तथा छैठौ अधिवेशन बाट नयाँ नेतृत्व

  • बुटवल,३० फागुन । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको नवौ साधारण सभा तथा छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको संरक्षक एबम् न्यू होराइजन विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय ले नयाँ निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई ज्ञपन गर्दे सफलताको शुभकामना दिनुभएको थियो ।
    अधिवेशनबाट विकास श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रितेश ज्ञवाली, सचिव अशेष भण्डारी, कोषाध्यक्ष प्रबिना खनाल, निवर्तमान अध्यक्ष उमेश अमात्य रहनुभएको छ । यस्तै सदस्यहरुमा पुनम भारती पाठक, सोचना थापा, दीक्षा सुवेदी, उज्जवल खरेल, निरज पाण्ड, सन्तोष पाण्डे, बोनिश सेन, आशिष पोखरेल चयन हुनभएको छ।
    साधारण सभा तथा अधिवेसनमा न्यू होराइजन विद्यालयका उप – प्राचार्य बालकृष्ण भण्डारी र वासुदेव अर्याल, न्यू होराइजन भू.पू.विद्यार्थी परिवारका संस्थापक अध्यक्ष तथा न्यू होराइजन विद्यालयका उप – प्राचार्य राजीव श्रेष्ठ, न्यू होराइजन भू.पू. विद्यार्थी परिवारको निवर्तमान अध्यक्ष निरज लाकौल सहित न्यू होराइजन भू.पू.विद्यार्थी परिवारको पूर्व अध्यक्ष नारायण थापा र संजय ज्ञवाली लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष विकास श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा कोषाध्यक्ष र सचिव को प्रतिवेदन रितेश ज्ञवाली र अध्यक्ष उमेश अमात्यद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । जुन प्रतिवेदन सर्वसम्मतबाट पारित भए छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation