बुटवल, ६ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४,आदर्शनगरस्थित शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयले आफ्नो १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव बुघबार भव्य रूपमा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दा रावलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन विशिष्ट अतिथि श्री तारादल गण बुटवलका प्रमुख सेनानी कल्याण पाण्डेले पानसमा दिप प्रज्वलन गरी भएको थियो । अध्यक्ष चन्दा रावलले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारप्रति देखाइएको विश्वास र भरोसाका लागि सम्पूर्ण अभिभावकहरूप्रति आभार व्यक्त गर्नु भयो ।
विशिष्ट अतिथि कल्याण पाण्डे विद्यार्थीलाई भोलिका कर्णधारका रूपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । विद्यालयकी प्रधानाध्यापक रीता शर्माले प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनु भयो ।
विद्यालयकी प्रधानाध्यापक शर्माले मन्टेश्वरी बुटवल उपमहानगरपालिकाकै पहिलो र अभिभावककै माया र साथले धेरै अगाडि बढेको अझै साथ सहयोगको अपेक्षासहित रहेको बताउनु भयो । विद्यार्थीहरूद्वारा स्वागत गीत, प्ले ग्रुपदेखि कक्षा ३ सम्मको विभिन्न लोकनृत्य, कविता वाचन नाटक प्रस्तुत गरिएको थियो । तेस्तै कार्यक्रममा विशिष्ट अतिथि सैनिक आवासीयमा विद्यालयका प्रशासन प्रमुख विष्णु केसीले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सुमधुर भए मात्र अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न सकिने उल्लेख गर्नु भयो । विद्यालयका शेयर सदस्य डा. नारायण पन्त तथा विद्यालयका अभिभावक सुधा खनालले शुभकामना मन्तब्य व्यक्त गरेका गर्नु भएको थियो । उक्त कार्यक्रम अतिथि विशिष्ट आवासीय महाबिधालयका सेनानी नरेश अर्याल आथित्यतामा भयको थियोे । विद्यालयका संचालक विमल बहादुर शाक्य ,प्रधानाध्यापक रिता शर्मा तथा नरेश अर्याल बाट पुरस्कार वितरण गरिएको थियो । विद्यालयकी शिक्षिका तुल्सी थापाले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा उत्साहपूर्ण वातावरणमा सञ्चालन भएको थियो ।













