भैरहवा ,१फागुन । लफङ्गा समूहसंगै रुपन्देही जिल्ला अदालतका न्यायाधीशहरुले शुक्रवार बिहान अदालत परिसरमा थुप्रीएको फोहोरबाट शंकास्पद बस्तु बमको आवाजमा पड्दा न्यायाधिशहरु भmस्कीएका छन् ।
लफङ्गासंग अदालतका मुख्य न्यायाधिश अशोक कुमार बस्नेतलगायत, न्यायधिशहरु धनीश्वर पौडेल, चाणकमणि अर्याल, केशव चपाई, योगनाथ ढकाल र नारायण सापकोटाले मुखमा माक्स र हातमा पञ्जा लगाएर कुचो समाति अदालत परिसरमा देखिएको फोहोर फालेर सफा पार्ने कार्यमा सक्रियता देखाएका थिए सोही समयमा नजिकै रहेको आगो बलिरहेको थुप्रोबाट ठूलो आवाज विस्फोट हुदा अदालत परिसरमा सहभागी सबैजनामा एककिसमको डर पैदा गरेको थियो । 
फोहोर जलीरहेको थुप्रोबाट शंकास्पद बस्तु विस्फोट भई उछिटिएका टुक्राहरु टाडासम्म फैलिएका थिए । उक्त टुक्राहरुको अवलोकन गर्दा लागु औषध विस्फोट भएको भन्ने बुझिएको छ ।
नेपाल प्रहरीले प्रतिवादीहरुबाट बरामद गरेका बस्तुहरु अदालतमा न्यायाधिश सामु प्रतिवादीहरुलाई समेत हाजिर गराई पेश गरी बरामद लागु औषधको केहि नमूना लिई ल्यावमा पठाउनुपर्ने र बाँकी अदालत परिसरभित्रै अदालतका कर्मचारीहरुको रोहवरमा प्रहरीले नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ ।
विस्फोट भएको वस्तु लागुऔषधका सिसिहरु भएको पता लागेपछि अदालत परिसमा सहभागी सरसफाईकर्मी, लफंगा र न्यायाधिशहरु सामान्य बनेका थिए ।
यसैविचमा लफङ्गाले काठमाण्डौ जिल्ला अदालतमा सरुवा भई जाने न्यायाधिश नारायण सापकोटालाई फेरी भेटौला, नवआगन्तुक श्रेस्तेदार विमल रेग्मीलाई स्वागत तथा सेवा निवृती भएका बलिरामलाई सम्मान कार्यक्रम गरेको छ । लफङ्गाले आयोजना गरेको उक्त कार्यक्रममा रुपन्देही जिल्ला अदालत बार एशोसीएशनका अध्यक्ष लय भट्टराई, नमूना शान्तिमा कानुन विषयका अध्ययनरत विधार्थीहरुको समेत सहभागिता रहेको थियो ।
मुस्कान, मित्रता, सामिप्यता र जिम्मेवारी बोध भन्ने नाराका साथ लफङ्गा समूहले अदालतको सेवा प्रवाह रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु गर्दै सेवाग्राहीहरुलाई सहज र सरलढंगले सेवा प्रवाहमा लफङ्गा निरन्तर लागि परिरहेको अध्यक्ष शिव देवकोटाले जानकारीदिए ।












