अर्घाखाँची,२९ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – २ कुर निवासी २८ बर्षीय ३ बिनोद खत्री कृतिम खुट्टाको राख्नको लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । १ बर्ष अगाडी खर्यानमा काम गर्ने क्रममा सल्लाको मुडा पल्टीएर खुट्टा मा लाग्दा गम्भीर चोट लाग्न पुगेको र खुट्टाको अवस्था अत्यन्तै जटिल समस्या मा रहेको कारण एउटा खुट्टा सधैका लागि गुमाएका थिए ।
उनको लागि संयुक्त अरव ईमरेष्ट(युएई)बाट आर्थिक संकलन गरि हस्तानान्तरण गरिएको छ ।
सन्दीप घिमिरेको पहलमा यूएईमा रकम संकलन गरी नेपालमा पठाइएको हो । सन्दीप घिमिरे — सन्धिखर्क–२, कुर पल्लाबारी — रु. १०,१७५, . गोपाल भारती — ढिकुरा, झेस्के — रु. २,०३५, सन्तोष पन्थी — सन्धिखर्क–२, कुर— रु. २,०३५, नन्दलाल काफ्ले — बुटवल, तामनगर — रु. २,०३५ नवीन खड्का — सन्धिखर्क–२, कुर— रु. १,०१७ रुपैयाँ संकलन गरिएको हो । यस्तै नारायण दाहाल — नवलपुर — रु. २,०३५, सुदन घिमिरे — ढिकुरा — रु. १,२१२, मिलन घिमिरे — ढिकुरा — रु. ८१४, सन्तोष रायमाझी — घुम्टी — रु. ६१०, घनश्याम गैरे — ढिकुरा, झेस्के — रु. ८१४, रोहित के.सी. — जगत — रु. ८१४ माधव दमासे — जगत — रु. १,०००, रामबहादुर अधिकारी — जगत — रु. ६१०, सन्तोष मुखिया — ढिकुरा — रु. १,५०० रुपैयाँ गरी कुल २६ हजार ७ सय ६ रुपैयाँ मात्र पिडीत खत्रीलाई प्रदान गरिएको युएईबाट राम बहादुर अधिकारीले जानकारी दिए । खुट्टाको जटिल समस्या पछी बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका खत्रीको त्यहाँ उपचारको सम्भव नभए पश्चात युसीएमएस मेडिकल कलेजमा भैरहवा लगिएको थियो ,२ महिनाको लामो उपचारमा धेरै पटक अप्रेसन गर्दा मोटो रकम खर्च भएपश्चात खुट्टामा कुनै सुधार नआएपछि ,उक्त अस्पताल बाट काठमाण्डौमा रहेको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा थप उपचारको गरी खुट्टा काटिको थियो ।












