आइतबारदेखि ३ लाख बालिकालाई एचपीभी खोप दिइँदै

  • काठमाडौँ,२२ माघ। सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ९एचपीभी० खोप दिने भएको छ ।
    परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र १० वर्षका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो ।
    गत वर्ष कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख खोप लगाएको थियो ।
    एचभीपी खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation