भैरहवा,२१ माघ । स्याङ्जाली परिवार रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा बुधवार भैरहवा खुल्ला रक्तदान एवं स्वागत कार्यक्रमभव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोग रहेको सो अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेगनाथ पाध्या एवं वरिष्ट अधिवक्ता शिव गौडेल लगायत स्वस्थ स्वयसेवी रक्तदाताहरुले स्वस्तफूर्त रुपमा रक्तदान गर्नुभएको रेडक्रस सिद्धार्थनगरका सचिव रामप्रसाद सापकोटाले जानकारीदिनुभयो ।
रगत तीन महिनाको अन्तरालपछि जतिपटक पनि रक्तदान गर्दा कुनै फरक नपर्ने गरेको आफनो अनुभव सुनाउर्दै आफूले यसपालि समेत गरी ६० औं पटक रक्तदान गरेको भैरहवा निवासी विष्णुप्रसाद मरासीनीले बताए ।
स्याङजाली परिवार रुपन्देहीको १८औं स्थापना दिवस संस्थापक अध्यक्ष डि.आर. शर्माको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद मरासीनीको संयोजन र क्षेत्रीय समिति भैरहवाका अध्यक्ष गणेश प्रसाद तिवारीको समन्वयमा स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आह्वान भएको थियो ।
स्याङजाबाट रुपन्देही जिल्लामा आई विभिन्न ठाऊमा छरिएर स्थायी एवं अस्थायी रुपमा बसेका स्याङजाली मुलका कर्मचारी एवं नागरिकलाई स्वागत सम्मान समेत गरिएको सल्लाहकार दिर्घराज काफलेले बताउनुभयो ।
स्याङजाबाट तराई रुपन्देही जिल्लामा आएर छरिएर रहेका स्याङजाका सवैजनालाई संगठीत गर्ने मुल उदेश्य स्याजाली परिवार रुपन्देहीका वरिष्ट उपाध्यक्ष एवं वरिष्ट अधिवक्ता शिवप्रसाद गौडेलले जानकारीदिनुभयो ।
स्याङजाली परिवार रुपन्देही २०६५ सालदेखि वैधानिक रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रजिष्टर्ड स्थापीत संस्था हो । विधान बमोजिम परिवारको भैरहवा, लुम्विनी, बुटवल, देवदह, तिलोत्तमा, सैनामैना, देवदह नगर एवं गाऊमा छरिएर रहेका मुल स्याङजालीहरुलाई समेट्ने प्रयास जारी रहेको संस्थापक अध्यक्ष डि.आर. शर्माले बताउनुभयो ।












