नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देहीको तेस्रो , लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा

  • बुटवल,४ माघ । नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देही जिल्ला शाखाको तेस्रो साधारण सभा , नेपाल औषधी थोक व्यवसायीक संघ लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला शाखाको तेस्रो साधारण सभा जिल्ला अध्यक्ष कृष्ण जी.सी. तथा लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल औषधि थोक व्यवसायीक संघका केन्द्रीय अध्यक्ष गणेश नेपाल को प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको सञ्चालन नेपाल औषधि थोक व्यवसायीक संघ लुम्बिनी प्रदेशका महासचिव श्री मरिचमान धितालले गरेका थिए ।
    कार्यक्रममा नेपाल औषधि थोक व्यवसायीक संघका संस्थापक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरू, रुपन्देही जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। साथै आयुर्वेदिक उत्पादक संघका केन्द्रीय उपाध्यक्ष चन्द्र खनाल, एन.एम.एस.आर. बुटवल टिमका माधव बस्नेत, नेपाल औषधि तथा बिक्री प्रबन्धक संघका अध्यक्ष श्री अर्जुन पाण्डे, नेपाल औषधि तथा बिक्री प्रतिनिधि बुटवलका अध्यक्ष राजु भण्डारी, नियमित रक्तदाता संघका अध्यक्ष, सामाजिक सञ्जाल संघ रुपन्देहीका अध्यक्ष ज्यूहरू समेत सहभागी रहेका थिए ।
    करिब ९० जनाको सहभागिता रहेको कार्यक्रममा रुपन्देही जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष र लुम्बिनी प्रदेशका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष ज्यूहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले औषधि व्यवसायमा देखिएका विभिन्न समस्याहरूको समाधानका लागि उत्पादक संघ, व्यवसायिक संघ तथा बजार प्रतिनिधि संघहरू संयुक्त रूपमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उपभोक्तालाई सरल र सहज रूपमा गुणस्तरीय औषधि उपलब्ध गराउने, व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation