कालिका मानवज्ञान माविमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

  • बुटवल,२ माघ । देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
    भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन गरिएको छ ।
    यस्तै सदस्यको रुपमा यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation