नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः :सञ्चार मन्त्री खरेल

  • काठमाडौं,१७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।
    १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस(२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे ।राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने बित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ,’ उनले भने, ‘राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्न सक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।’
    मन्त्री खरेलले राष्ट्रिय पोसाकलाई सरकारी मान्यता दिने र उत्सवको रूपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए ।
    ‘नवजवान युवाहरूले बिहे, व्रतबन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुँदा राष्ट्रिय महत्त्व आफैँमा बढेको छ,’ उनले भने, ‘विश्वभर नेपालीको पहिचानको परिचय दिइरहँदा शीरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोसाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ बताए।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation