मानपकडी ,१५ पुस । रुपन्देहिको शुद्धोदन गाउँपालिका ४ सौ,फर्साटिकर अवस्थित १३औं शुद्धोदन फर्साटिकर कप २०८२ मंगलबारदेखि सुरु भएको छ।फर्साटिकर युवा कलबका अध्यक्ष अमृत खड्काको अध्यक्षतामा तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिता शुरु भएको हो।प्रतियोगिताको उद्धघाटनमा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले खेलाडीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो।सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्यालले यस क्लबले विगतका दिनहरूमा धेरै उदाहरणीय कार्य गर्दै आएकोमा क्लबका निवर्तमान र वर्तमान कार्य समितिलाई धन्यवाद दिदै यस फुटबल मार्फत जिल्लामै नभई देश विदेश सम्म क्लबले आफ्नो र पालिको नाम राख्न सफल भएकोमा शुभकामना समेत दिनुभयो।र यस क्लबले फुटबल मात्र नभई विभिन्न खेलकुदको आयोजना गर्न आग्रह गर्दै क्लबको र पालिकाको सम्बन्ध सधै रहने बताउनुभएको थियो।
मंगलवार पहिलो प्रतियोगितामा सिद्वार्थ क्लब चपरपट्टी भर्सेस फर्साटिकर एकेडेमी फर्साटिकर बिच भएको प्रतियोगितामा सिद्वार्थ क्लब चपर हट्टिले शुन्यका विरुद्ध ३ गोलको अन्तरले विजय हासिल गरेको छ।
सिद्वार्थ क्लब चपरहट्टिका जर्सी नम्बर ११का खेलाडी समुद्र ज्ञवालीले पहिलो हाफको २० औ मिनेटमा प्रहिलो गोल गरेका थिए ।सोही टिमकै जर्सी नम्बर १० का दर्शन विकले पहिलो हाफको ३१ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।दोस्रो हाफको १९ औं मिनेटमा सिद्वार्थ क्लब चपरहट्टीकै खेलाडी जर्सी नम्बर १२ का सन्तोष कार्कीले तेस्रो गोल गर्न सफल भएका थिए । मंगलवार सम्पन्न खेलको म्यान अफ द म्याच सिद्वार्थ क्लबका खेलाडी समुद्र ज्ञवाली घोषित भए ।एभिन्यू कन्सल्टेन्सिका संचालक राजेन्द्र कंडेलले म्यान अफ द म्याच पुरस्कार समुद्र ज्ञवालीलाई प्रदान गर्नुभयो।यसैगरी
शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले फर्साटिकर युवा क्लबले वर्षौंदेखि फुटबल कपको आयोजना गर्दै आएकोले हाल १३औं फर्साटिकर कपको आज सुरुवात गरेकोमा शुभकामना व्यक्त गर्दै फर्साटिकर युवा क्लबको आयोजनामा भएको यस १३औं फर्साटिकर कपको सफलताको समेत शुभकामना दिनुभयो।रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन,क्लबका संस्थापक अध्यक्ष दामोदर पंगेनी,खेल संयोजक रवि खड्का लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।क्लबका उपाध्यक्ष दिवश पाण्डेको स्वागतमा र क्लबका सचिव राजन खनालको संचालनमा सो उद्घाटन समारोह सम्पन्न भएको थियोे।













