समाजसेवि युवाद्धारा विधार्थीहरुलाई जाडोयाममा न्यानो वितरण

  • पाल्पा,१४ पुस । यातायात तथा आर्थिक पहुँचबाट टाढा रहेको देवीश्वरी प्राथमिक बिद्यालय तिनाउ १ बुढिकोटका ३४ जना बालबालिकालाइ ट्र्याक सुट र टोपी बितरण गरेको छ ।
    अष्ट्रेलिया निवासि सागर पाण्डे ले न्यानो पोशाक ट्र्याक सुट तथा आर्थिक सहयोग गर्नुभएको थियो । जापान निवासी सुबास बस्यालले न्यानो टोपिको लागि आर्थिक सहयोग गर्नुभएको थियो । जाडोको समयमा विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनलाई सहज बनाउने उद्देश्यले गरिएको यो सहयोग अत्यन्तै प्रशंसनीय छ। समाजप्रतिको माया, जिम्मेवारी र सकारात्मक सोचको सुन्दर उदाहरण बिद्यालय जनायको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation