
बुटवल,२७ असोज । शान्तिदीप युवाक्लब छत्रकोट ६ मोहरे गुल्मीको १९औं वार्षिक उत्सव समारोह तथा विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम विविध कार्यक्रमसहित सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालित वार्षिक उत्सव समारोहमा साविक गा वि स को वडास्तरीय भलिबल प्रतियोगिता र घैँटोफोर प्रतियोगिता लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए। जस अन्तर्गत अन्तर वडा स्तरीय भलिबल प्रतियोगितामा २० वटा टिमहरूको सहभागिता रहेको थियो। जसमा कुँवर समाज सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी द्वितीय स्थान बिहानी युवा क्लब गुल्मी दरबार ३ मिसुगा बिरबासले प्राप्त गरेको छ। त्यस्तै तृतीय स्थान सुनौलो बिहानी युवा क्लब छत्रकोट ६ दौघाले प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु. २० हजार कप, ट्रफी,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु १३ हजार कप, ट्रफी,मेडल प्रमाणपत्र , तृतीय पुरस्कार रु. ७ हजार कप ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो त्यसैगरी घैँटोफोर प्रतियोगितामा गौतम सुनार विजयी भएका भएका थिए ।
शान्तिदीप युवा क्लबका अध्यक्ष विकास ज्ञवालीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेश्मी रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा पूर्व वडा अध्यक्ष थम्मन ज्ञवाली र छत्रकोट गाउँपालिका कार्यपालिका सदस्य कमला ज्ञवाली रहनुभएको थियो कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु शंकर ज्ञवाली नारायण सोमरे लालबहादुर सोमरे, विजय विक्रम सोमरेलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। त्यसैगरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत साविक दौघा गाविस वडा नं १ र २ का ४ जना जेष्ठ नागरिक, सिलाई व्यवसायी, कटुवाल र असाहाय गरि ३ जनालाई दोसल्ला , ढाकाटोपी, लठ्ठी सहित प्रसम्शा पत्रद्वारा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै दौघाहरि आधारभूत विद्यालयका शैक्षिक सत्र २०८१ मा छात्र र छात्रातर्फ प्रथम एकएक जनालाई पुरस्कार वितरण गरिएको थियो। उक्त अवसरमा पुरस्कार सौजन्यकर्ताहरू र रु ३००० भन्दा माथिका सहयोगदाताहरूलाई समेत फोटोफ्रेम सहितको प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लबका संस्थापक सचिव कालिदास आत्रेय र भलिबल प्रतियोगिताको सञ्चालन क्लब का सदस्य सुबास ज्ञवालीले गर्नु भएको थियोे ।