
बुटवल,२८ भदौ। लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम कान्ति माध्यमिक विधालयको प्राङ्गडमा सम्पन भएको छ । देशमा हालै घटेको अप्रत्याशित घटना क्रममा घाइते भएका तथा नियमित बिरामीको संवेदनशील स्वास्थ्य अवस्थालाई मध्ये नजर गर्दै रक्तदान कार्यक्रमलाई तीव्र पारिएको एरिया ३ चिफ को–अर्डिनेटर कृष्ण प्रसाद पाण्डे बताए । बुटवल रक्तसञ्चार केन्द्रको प्रबिधिक सहयोगमा रगत सङ्कलनमा सहयोग गरिरहेको केन्द्रले जनाएको छ ।
कार्यक्रमा डिष्ट्रिक गर्भरन बालाराम भट्टराईले लुम्विनी प्रदेश र गण्डकी प्रदेशका केही जिल्लाका बिरामीहरु उपचारका लागि बुटवलमामा आउने हुँदा अहिले मागभन्दा निकै कम रगत सङ्कलन भइरहेकाले र देशमा हालै घटेको अप्रत्याशित घटना क्रममा घाइते भएका तथा नियमित बिरामीको संवेदनशील स्वास्थ्य अवस्थालाई मध्ये नजर गर्दै रक्तदान सुरु गराइएको बताए । अब केहि भित्र पाल्पा जिल्लामा पनि रक्तदान गरिने बताए । गर्भरन भट्टराई मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै समाजमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बताए । रगत अभाव भइरहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक गर्भरन बालाराम भट्टराईले बताए ।
कार्यक्रमा नि बर्तमान गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्,फस्ट लेडि कल्पना भट्टराई,सेकेन्ड भिडिजि मिना पन्थी,पूर्व गर्भनरहरु अर्जुनमान शैजु, सुनिल ओझा, कान्ति माध्यमिक विधालयका प्रअ गोविन्द ज्ञवाली, डिष्ट्रिक सचिव एमएल पाण्डे,डिष्ट्रिक कोषाध्यक्ष संगम न्यौपाने,नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देही अध्यक्ष कृष्ण चोहान लगाएत लायन्सका पदाधिकारीको उपस्थीतमा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा असहज परिस्थिति रहेपनि १०१ पिन्ट रक्त संकलन भएको एरिया ३ चिफ को–अर्डिनेटर कृष्ण प्रसाद पाण्डे बताए ।