यु.सि.यम.यस. मेडिकल कलेज र लुम्बिनी नेत्रालय विच सम्झौता

  • बुटवल ,२ भदौ ।
    यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. विच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानत्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउन आज सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम यु.सि.यम.यस., शिक्षण अस्पताल तथा लुम्बिनी नेत्रालयले आ–आफ्ना विशिष्टिकृत अत्याधुनिक सेवाहरुको ज्ञान तथा सीपलाई एक अर्कामा साटा–साट गर्ने, शैक्षिक क्रियाकलापमा सहकार्य गर्ने, आँखाको उपचारमा आउने चुनौतिहरुलाई मिलेर सम्बोधन गर्ने विषयहरु समेटिएका छन् ।
    सो सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., यु.सि.यम.यस.का प्राचार्य लक्ष्मी पाठक, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, चिफ मेडिकल डाइरेक्टर डा.सन्तोष सुबेदीको उपस्थिति रहेको थियो ।
    सम्झौता अनुरुप आँखा दानको सम्पुर्ण प्रक्रियाको व्यवस्थापन गर्ने, रेटिनोपेथी अफ प्रिम्याचुरिटी (Retinopathy Of Prematurity) को उपचारमा सहजता ल्याउने, मधुमेह तथा उच्च रक्तचापद्धारा आँखामा पर्ने असर तथा प्रभावको उपचार, साथै आगामी दिनमा सामाजिक क्षेत्र अन्तर्गत स्वास्थ्य शिविरहरुको आयोजना तथा आँखाको क्षेत्रमा तालिम, गोष्ठी, कार्याशाला आयोजना गर्ने, दुवै संस्थामा कार्यरत कर्मचारीहरु तथा उपचाररत विरामीहरुका लागि विशेष छुट दिइने सम्बन्धमा पनि उल्लेख गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation