
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ४ को आयोजनामा पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ४ का एरिया चिफ प्रविना घिमिरे सभापति सम्पन भएको थियो । एरिया ४ अन्र्तगका ५३ क्लबका दुई सय १० जना अध्यक्ष,उपाध्यक्ष ,सचिव र कोषाध्यक्षहरु छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले प्रशिक्षणमा सहभागीहरूलाई पदीय जिम्मेवारी, कार्यशैली र कर्तव्यबोधका विषयमा मार्गदर्शन प्रशिक्षण दिनुभएको थियो। आफ्नो कार्यकाल सफल गर्न गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्ने पर्ने सामाजिक र मानविय कार्यहरुलाई दिनु पर्ने स्तरिकरण र प्राथमिकताका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो । लायन वर्ष २०२५ मा इन्भाईरमेन्ट,युथ र मेन्टल हेल्थ तथा नेतृत्व, व्यक्तित्व र व्यावसायिक विकासमा विशेष जोड दिइने बताउनु भयो ।
प्रक्षिण कार्यक्रमा डिष्ट्रिक सचिव एम एल पान्डे अनुसार लायन्स इन्टरनेशनलको मिसन १.५ लाई आत्मसात् गर्दै स्थायी क्लब निर्माण, नयाँ सदस्य आमन्त्रण, सेवा, नेतृत्व र मित्रताको प्रवर्धन, तथा संस्थागत सहकार्यमा आधारित योजना प्रस्तुत गरिनेछ। कार्यक्रमले नयाँ सोचसहित लायन वर्ष २०२५/२६ लाई ऐतिहासिक र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको र सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नु भएको र क्लबलाई चलायमान बनाउन अध्यक्षको प्रमुख भुमिका हुनेभएकाले सबै सदस्यहरुलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो । सामाजिक सेवाका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउन समेत क्लबका अध्यक्ष उपाध्यक्ष सचिव कोषाक्षहरु को उत्तीकै भुमिका रहने बताउदै प्रशिक्षण दिनुभएको थियो।
डिष्ट्रिक कोषाध्यक्ष संंगम न्योपानेले आ-आफ्नो जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको र क्लब चलायमान बनाउन आर्थिक को पाटो मुख्य रहेकोले आर्थिक मजबुत कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो ।
तेस्तै प्रशिक्षण कार्यक्रममा एलसिआइफ डिष्ट्रिक्ट कोडिनेटर अर्चित श्रेष्ठले पिभिएसटिहरुलाई आफ्नो कार्यकाल सफल गर्न गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्ने पर्ने सामाजिक र मानविय कार्यहरुलाई जोड दिनुपर्ने र स्तरिकरण र प्राथमिकताका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षक मुकुन्द ज्ञवालीले पिभिएसटि सक्रिय भए सेवा, नेतृत्व र सञ्जाल विस्तारमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको यस डिष्ट्रिक्टले हालका वर्षहरूमा विविध सामाजिक र मानव कल्याणका कार्यक्रममार्फत आफ्नो पहिचान अझ सशक्त बनाउँदै आएको छ। एक असल नेतृत्वदायी गुण बोकेको लायन्ससदस्यबाट हरेक काम सम्भव छ । नेतृत्वको कुशल क्षमता बोक्ने लायन्सले मात्र क्लबहरू थप गर्ने, सदस्यता बृद्वि गर्ने, क्लबका बैठक कार्यक्रमहरू ब्यावस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सकिने बारेमाप्रशिक्षण दिनु भएको थियो । त्यतै कार्यक्रमा नि बर्तमा गर्भनर पुरुसोत्तम भक्त प्राधानाङ्ग,द्धितिय भ्वाइस गर्भनर मिना पन्थी लगाएत सहभागीता रहेको थियो ।
लायन्स एरिया ४ क्लबहरुका पिभिएसटिहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ्एरिया ४ का सचिव साधना भण्डारीले जानकारी दिनुभयो ।