लायन्स डिष्ट्रिक ३२५ पी नेपालद्वारा एरिया ३ अन्र्तगतका पिभिएसटिहरुलाई प्रशिक्षण

  • बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया  ३काे आयोजनामा लायन्स बर्ष २०२५/०२६ का पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद पान्डेको सभापति सम्पन भएको थियो । एरिया ३ अन्र्तगका ३७ क्लबका एक सय ३७ जना अध्यक्ष,उपाध्यक्ष ,सचिव र कोषाध्यक्षहरु छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम राखिएको थियो ।
    कार्यक्रममा प्रमुख अथिति डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले मन्तब्य राख्दै यो लायन बर्ष २०२५/०२६ मा डिष्ट्रिकले लिएका रणनिति तथा लायन्स इन्टरनेशनले लक्ष्यहरुबारे प्रशिक्षण दिएका थिए । गर्भनर भट्टराईले इन्भाईरमेन्ट,युथ र मेन्टल हेल्थ तथा बिगत देखि गरिआएको कार्यक्रम ग्लोबल कष्ट अन्र्तगत डाईबेटिज, हंगर, भिजन, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
    तेस्तै अथिति नि बर्तमान गर्भनर पुरुसोत्तम भक्त प्राधानाङ्गले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नु भएको र क्लबलाई चलायमान बनाउन अध्यक्षको प्रमुख भुमिका हुनेभएकाले सबै सदस्यहरुलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो । सामाजिक सेवाका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउन समेत क्लबका अध्यक्ष उपाध्यक्ष सचिव कोषाक्षहरुलाई निर्देशन दिनुभएको थियो।
    प्रशिक्षण कार्यक्रममा द्धितिय भ्वाइस गर्भनर मिना पन्थीले एक बर्ष सम्म लायन्स क्लबहरुले गर्ने रणनीतिकहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशन प्रशिक्षण प्रदान गर्नुभएको थियो।
    डिष्ट्रिक सचिवएम एल पान्डे ले पिभिएसटिहरुलाईले आफ्नो कार्यकाल सफल गर्न गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्ने पर्ने सामाजिक र मानविय कार्यहरुलाई जोड दिनुपर्ने र स्तरिकरण र प्राथमिकताका बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो।
    प्रशिक्षण कार्यक्रमा एलसिआइफ डिष्ट्रिक्ट कोडिनेटर अर्चित श्रेष्ठले असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने बिषयमा प्रशिक्षण प्रदान गर्नेु भएको थियो। तेस्तै मुकुन्द ज्ञवाली एक असल नेतृत्वदायी गुण बोकेको लायन्ससदस्यबाट हरेक काम सम्भव छ । नेतृत्वको कुशल क्षमता बोक्ने लायन्सले मात्र क्लबहरू थप गर्ने, सदस्यता बृद्वि गर्ने, क्लबका बैठक कार्यक्रमहरू ब्यावस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सक्ने बिचार व्यक्त गर्नुभयो । प्रशिक्षण दिनु भएको थियो । सगम न्योपानेले क्लब चलायमान बनाउन आर्थिक को पाटो मुख्य रहेकोले आर्थिक मजबुत कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षणदिनुभएको थियो ।
    प्रशिक्षण कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको एरिया ३ का सचिव एन्जिल खानले जानकारी दिनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation