नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम

  • भैरहवा,६साउन । वि.पि.कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले तिलोत्तमा वडा नं. ६, पश्चिम पहुनीमा अवस्थित मानव सेवा आश्रममा ‘खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
    कार्यक्रममा प्रमुख आतिथी शाहले महामानव वि.पि.कोइरालाद्धारा करिब ८ दशक अघि स्थापित लोकतान्त्रिक समाजवाद सिद्धान्तको जगमा आज पनि नेपाली कांग्रेस अघि बढिरहेको बताउदै, रुपन्देही क्षेत्र नं। ३ ले राजनीतिका साथै यस प्रकारका सामाजिक कार्य गरेर आम जनताको मन जित्ने कार्य गरेको धारणा राख्नुभएको थियो । यसैगरी नेपालको राजनीतिमा वि।पि।कोइरालाको महत्व, लगानी, दुरदर्शिता, साहित्य कृति, नेपाली कांग्रेसको संगठनमा वहाँले पारेको प्रभाव सम्बन्धमा धारणा राखेको थियो ।
    कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले मानवीय सेवा तथा उद्धारमा आश्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको र पार्टीका अन्य तह–तप्काले पनि क्षेत्र नं. ३ ले जस्तै मानवीय तथा सामाजिक कार्यलाई अगाडी बढाउनु पर्ने भनाइ राख्नुभएको थियो ।
    कार्यक्रममा मानवसेवा आश्रमको सञ्चालनमा सहज होस् भनेर नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले नगद २० हजार रुपियाँ र एक थान रेफ्रिजेरेटर प्रदान गरेको थियो । यसैगरि सिद्धार्थनगर नगरपालिका वडा नं. ८, बैंक कलोनी निवासी स्तन क्यान्सरबाट पिडित लक्ष्मी थापालाई आर्थिक सहयोग स्वरुप २१ हजार १ सय २१ रुपियाँ सहयोग समेत गरिएको थियो ।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही, पुर्व सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, पार्टीका जिल्ला सहसचिव विष्णु थापा, मानवसेवा आश्रमका प्रदेश संयोजक सरु अधिकारी, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य दिपक पौडेल, विना न्यौपाने, सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, बाला घिमिरे, पुर्व महाधिवेशन प्रतिनिधि भरथरी यादव, जिल्ला सदस्य मोहम्मद सलिम, राज कुमार वाग्ले, गोविन्द खनाल, कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय सह(सचिव कुल प्रसाद न्यौपाने, चिरिन्जीवी ढकाल, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, इन्दिरा के।सी।, सरस्वती श्रेष्ठ, केशव अधिकारी, भोला तिवारी, सन्जिव दमाइ, सिनपाका नगर सचिव अनिल के.सी., तिलोत्तमाका नगर सचिव हुमनाथ पौडेल, तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठक, तिलोत्तमा १३ का अध्यक्ष नारायण ढकाल, ओमसतिया ३ का अध्यक्ष प्रकाश चौधरी, सिनपा ७ का सभापति भविलाल पौडेल, सिनपा ८ का सभापति टंक ज्ञवाली, सिनपा ९ का सभापति श्याम खनाल, सिनपा वडा नं. १० का सभापति विजयनाथ धवल, सिनपा ११ का सभापति केदार कुर्मी, नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डे, तरुण नेता बासु बस्याल, नेता कुमार के।सी।, सलोजा सेन्चुरी, पल्लवी न्यौपाने, जनजाती नेता जितु गुरुङ्ग, राकेश गुरुङ्ग, पंकज उदास लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं। ३ ‘क’ का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation