
भैरहवा ,३ साउन ।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको १०औं इन्स्टलेसन (स्थापनाको) समारोह शुक्रबार भैरहवास्थित होटल मौर्यामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी रोटेरियन डा. ईश्वरप्रसाद ढकाल रहनुभएको थियो।
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईष्टियाक अहमद खान थिए भने कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, लुम्बिनी प्रेस क्लब अध्यक्ष, किराना तथा प्लास्टिक संघ अध्यक्ष, जगरर्स ग्रुप अध्यक्ष, रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेण्ट गर्भनरहरू, डिष्ट्रिक्ट पदाधिकारीहरू, वरपरका १८ वटा रोटरी क्लब तथा प्रायोजित रोट्रयाक्ट क्लबका अध्यक्ष, पूर्वअध्यक्ष, सदस्य तथा परिवारजनहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष रोटेरियन विष्णु शर्मा लाई मुख्य अतिथि डीजीएन डॉ आई पी ढकाल ले रोटरी को कॉलर, गैंग गबल दियेर पदस्थापन गराउनु भयेको छ ।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष रोटेरियन विष्णु शर्मा ले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ गराएका थिए। नयाँ कार्यसमितिमा सेक्रेटरी तथा प्रेसिडेन्ट इलेक्ट रोटेरियन बासु बड़ाल , ट्रेजरर रोटेरियन उपेन्द्र यादव, प्रेसिडेन्ट नोमिनी रोटेरियन राम अर्याल, यङ्ग लिडर कन्ट्याक्ट रोटेरियन गंगाधर भण्डारी, सर्जेन्ट एट आर्म्स शिवशंकर जैसवाल, संयुक्त सचिव दिनेश पौडेल लगायत २० जना सदस्य रहेका छन्। पूर्वअध्यक्षहरूलाई पनि विभिन्न समितिको जिम्मेवारी दिइएको छ ताकि क्लबका आगामी गतिविधिहरू अझ सेवा–मुखी बनून्।
कार्यक्रमको संयोजक रोटेरियन प्रेम शर्मा लोहिनीले गर्नुभएको थियो भने सञ्चालन रोटेरियन बासु बडालले गर्नुभएको थियो। शुभकामना मन्तव्य क्रमशः रोटेरियन श्रीमतीहरूको तर्फबाट सीता भट्टराई, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष धिरज मरासिनी, पूर्व डिआरआर विक्रम क्षेत्री, विभिन्न संघ संस्थाहरूको तर्फबाट सिदार्थ नगर उद्योग बनिज्य संघ अध्यक्ष नेत्र आचार्य, क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक्ट आइसीएम चेयर कृष्णप्रसाद पाण्डे, डिष्ट्रिक्ट पदाधिकारीहरूको तर्फबाट अजयमान श्रेष्ठले व्यक्त गर्नुभएको थियो।
स्वागत मन्तव्य क्लबका यङ्ग लिडर कन्ट्याक्ट रोटेरियन गंगाधर भण्डारीले राख्नु भएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रोटेरियन प्रेम शर्मा लोहिनीले गर्नुभएको थियो। अध्यक्ष विष्णु शर्माले आफ्नो पदग्रहण मन्तव्यमा क्लबको भावी योजनाबारे जानकारी गराउँदै सबै सदस्यलाई सहकार्यको लागि आग्रह गर्नुभयो।
प्रमुख अतिथि डा. ढकालले रोटरीको सदस्यता वृद्धिमा जोड दिँदै सेवा–मुखी मैत्रीपूर्ण सम्बन्ध विकासमा क्लबहरू सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा क्लबको पहिलो सेवा परियोजना अन्तर्गत क्लबका पूर्वअध्यक्ष तथा सेवा परियोजना संयोजक हिरा बहादुर शाहले जन्मजात श्रवण र बोली क्षमता नभएका ४ वर्षका जुडवा बालक अरिक र एभनको कथा प्रस्तुत गर्नुभयो। बालकका आमाबाबु पनि गुँगा र बहिरा हुनुहुन्छ। यिनीहरूको सर्जरी र सुनुवाइ उपकरण मार्फत उपचार सम्भव भए तापनि करिब ४० लाख रुपैयाँ खर्च लाग्ने बताउँदै सबै रोटेरियनहरूलाई आर्थिक सहयोगको लागि आग्रह गर्नुभयो। क्लबले प्रारम्भिक रूपमा ६१ हजार रुपैयाँ सहयोग गरेको जानकारी गराइयो।
त्यसैगरी क्लबका सदस्यका ५ जना बालबालिकालाई एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा सम्मान गरिएको थियो।
असिस्टेंट गवर्नर शिव प्रसाद गौडेल ले ५ जना नया रोटेरियन सदस्य हरुलाई शपथ ग्रहण गरा उनु भए को थियो!
औपचारिक कार्यक्रमपछि अतिथि तथा परिवारजनहरूका लागि संगीतमय फेलोसिप आयोजना गरिएको थियो। अध्यक्ष शर्माका परिवारजनहरूले समेत कार्यक्रममा उपस्थिति जनाएका थिए।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रोटा वर्ष २०२५-२६ को आरम्भ यस भव्य र सेवा भावले सम्पन्न कार्यक्रममा गर्यो।