
बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा एक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ ।
देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । क्लवका पुर्व अध्यक्ष तथा डिष्ट्रिक सचिव एम.एल.पाण्डेको जन्मउत्सवको अवसरमा कापी, खेलौना,किताब, बल, झोला, सहित अन्य खेलकुद जन्य सामग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसीले जानकारी दिए ।
कार्यक्रममा डिष्ट्रिक जिएष्टी कोअर्डीनेटर आशिषकृष्ण श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न शैक्षिक सामग्री वितरण गरेको र विद्यालयको जगका रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन मर्दत पुग्ने बताए । विद्यार्थीहरुकोको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर केही विद्यार्थीका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको एम.एल. पाण्डेले बताए । पाण्डेले भने विद्यार्थीको शैक्षिक उन्नतीको लागी केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उनले भने, हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । सोही अवसरमा उनले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाए ।
जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको र न्यून आर्थिक अबस्था भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष जिसिले बताए । कार्यक्रममा एरिया सचिव एन्जील खान,जोन चियर पर्सन विजय बर्नावाल, निर्वामान अध्यक्ष भुपेन्द्र अर्याल ,सोही विद्यालय व्यवस्थापन समिती अध्यक्ष ,विद्यालयका प्रअ तथा क्लबमा विभिन्न पधाधिकारीको उपस्थितमा हस्तारण गरिएको थियो ।