
काठमाडौँ,२५ असार। विशेष अदालतले सहसचिव एवं काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिएर बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।