लायन्सद्धारा विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

  • बुटवल,१६ असार । लायन्स क्लब अफ तिलोत्तमा स्टार्स,लायन्स क्लब अफ बुटवल मुक्तीनाथ,लायन्स क्लब अफ बुटवल इलाइट ,लायन्स क्लब अफ बुटवल स्टार्स,को सयुक्त आयोजनामा सोमबार तिलोत्तमा वडा न १ मा रहको सिद्धार्थ आधारभुत विद्यालयलाई स्टेशनरी र खेलकुदको सामाग्रीहरु हस्तारण गरेको छ ।
    विद्यालयको माग अनुरुप विधालयलाई खेलकुद तथा स्टेशनरी उपलब्ध गराईएको लायन्स बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र प्रसाद अर्यालले जानकारी दिए । लायन्स स्टार्सले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा संलग्न रहेको वर्ष २०२४÷२५ को कार्यकालको अन्तीम दिन पनि ग्रामिण क्षेत्रका विद्यालयका विद्यार्थीहरु लागि सहयोग गर्न पाउँदा निकै खुसि लागेको अध्यक्ष अर्यालले बताए ।
    कार्यक्रमा बोल्दै लायन्स इन्टरनेशनल ३२५ पि का डिष्ट्रिक गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्खले सामुदायीक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
    क्लब का पूर्व अध्यक्ष तथा जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले सामाजिक उत्तरदायित्वको महत्व औंल्याउँदै यस्ता सहयोगात्मक क्रियाकलापले ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरूको प्रगति र उत्प्रेरणामा ठूलो योगदान पु¥याउने धारणा व्यक्त गरे ।,विद्यालय प्रध्यानध्यापक रुपाकुमारी शाहीले क्लबप्रति धन्यबाद गर्दै विधार्थीहरुका लागी प्राप्त सामाग्रीले सिकाइमा सहजता पुग्ने विश्वास ब्यक्त गरेको बताइन । सो कार्यक्रमा विभिन्न क्लब अध्यक्ष तथा लायन्सका लिडर सहभागीता रहेको कार्यक्रम सयोजक अब्दुल सलामतले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation