
बुटवल,१३ असार । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५÷०२६ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सनिबार देखि भैरहवामा प्रशिक्षण हुदै छ । बिभिन्न विषयमा तालिम र मोटीभेशनल प्रशिक्षण प्रदान गरिने छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वले एक बर्ष सम्म लायन्स क्लवले गर्ने रणनीतिहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशन प्रशिक्षण प्रदान गरिने छ ।
कार्यक्रममा इलेक्ट डिष्ट्रिक गर्भनर बालाराम भट्टराईले ग्लोबल कष्ट अन्तर्गत डाईबेटिज, ईन्भाईरमेन्ट, हंगर, भिजन, चाईलहुड क्यान्सर, युथ, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गरिने छ । इलेक्ट गभर्नर भट्टराईले हेप्पी हट्स ,हेल्पीङ हेन्ड्स भन्ने मुल नारासहित नेतृत्वमा हुनुपर्ने गुणबहुआयमिक हुन्छ र एउटा लायन्समा नेतृत्वदायी गुण विकास गर्न यसका धेरै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ।’ लायन्स कोड अफ कम्डक्ट र लायनिज्म मा प्रथम इलेक्ट गभर्नर सन्दीप कसौधनले प्रशिक्षण दिएने छन ।
प्रशिक्षण कार्यक्रममा गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्ग, मल्टिपल डिष्ट्रिक्ट मार्केटिङ कोडिनेटर अरुण प्रताप राणा,द्धितिय इलेक्ट मिना पन्थी पूर्व गर्भनर अर्जुनमान शैजु ,नवराज न्यौपाने, डिष्ट्रिक्ट २०२५।०२६ सचिव एमएल पाण्डे तथा डिष्ट्रिक्ट कोषाध्यक्ष संगम न्यौपानेको लगाएत लायन्सका नेताहरुले प्रशिक्षण दिने छन ।