रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै

  • रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक समितिले वडामा हुने विवादको निरुपण र केन्द्रको अवस्थाको अनुगमन संगै मेलमिलापलाई थप प्रभावकारी बनाउनका लागि सुझाव संकलन गरेको हो ।मंगलबार वडा नं.७ र ९ मा रहेको मेलमिलाप केन्द्रको अनुगमन तथा छलफल गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले न्यायोचित नगरपालिका निर्माणका लागि वडाभित्र हुने विभिन्न विवाद तथा मुद्दालाई छलफल र मेलमिलापको माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिइन । साथै मेलमिलापका लागि जनप्रतिनिधि र मेलमिलापकर्ता विच सहकार्य र समन्वय गरेर अगाडी बढ्न पर्ने बताइन।

    उनलेहरेक विवाद तथा मुद्दालाई छलफलको माध्यमबाट समाधान गर्न आवश्यक रहेको बताइन । कार्यक्रमा रामपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष दोबराज तिवारीले मेलमिलापकर्ता र जनप्रतिनिधिविच सहकार्य गरेर वडामा हुने विवादको समाधान गर्दै आएको बताए । साथै मेलमिलापयुक्त वडा निर्माणका लागि प्रतिबद्ध भएर लागेको जानकारी दिए । यस्तै रामपुर नगरपालिका वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले पुरानै शैलीको मेलमिलाप प्रक्रियाका कारण वडा र नगरपालिकामा मुद्दा दर्ता नभएको बताए । वडाबासीलाई न्यायिक समिति सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जानकारी दिए ।
    छलफल कार्यक्रममा कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतम,न्यायिक समिति सदस्य खेमराज अधिकारी ,तेज कुमारी गैरे नेपाली ,वडा नं।७ का सदस्य मिठुमाया सुनार,वडा नं।९ का वडा सदस्य भगवति सुनार,नारायण प्रसाद पोखरेलले बोल्दै मेलमिलापलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।यस्तै मेलमिलापकर्ता तिल बहादुर गाहा,सुन कुमारी रुचाल,मेलमिलापकर्ता तिल बहादुर श्रेष्ठ,हुमनाथ उपाध्याय,मञ्जु पोखरेलले बोल्दै मेलमिलाप केन्द्रलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation