
बुटवल ,१५ जेठ । ललितकला प्रज्ञाप्रतिष्ठानले आयाेजना गरेकाे राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फाेटाेग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेकाे अर्गानिक फाेटाेले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएकाे छ । नेपाल सरकारका पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेयले विशेष कार्यक्रमकाबीच काठमाडौंमा मनीषलाई प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका छन् । मनीष पन्थ,बुटवल क्षेत्रमा रहेर ढाई दशकदेखि फाेटाेग्राफी , फिल्म छायांकन ,निर्देशन तथा फोटो पत्रकारितामा सक्रिय छन् । उनी लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीको निवर्तमान अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघको केन्द्रीय सदस्य समेत रहेका छ्न् । ललितकला प्रदर्शनीमा पुरस्कृत हुँदा आफ्नाे कला तथा मिहिनेतले सार्थकता पाएकाे र थप काम गर्न प्रेरणा मिलेकाे मनीषले बताए । ग्रामीण जीवन र कृषिकर्मसँग सम्बन्धित फाेटाेले बुटवल तथा काठमाडौं भएकाे ललितकला प्रदर्शनीमा धेरैकाे मन खिचेकाे र आफूले पुरस्कार पाउन सक्ने अड्कल काटेकाे मनीषले सुनाए । नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा पुरस्कृत तथा सम्मानित हुँदा प्रतिष्ठानले आफ्नाे कलालाई कदर गरेकाे बताए । मनीष भन्छन्- प्रतिष्ठानले मलाई र मेराे फाेटाेलाई पुरस्कृत गरिरहँदा कृषिकर्मलाई सम्मान गरेकाे महसुस् गरेकाे छु । ग्रामीण भेगमा आफूले खिचेकाे अर्गानिक फाेटाेले नेपालकाे उन्नति र प्रगति कृषिबाटै सम्भव छ र यसलाई युग सुहाउँदाे प्रविधिमैत्री बनाउन सन्देश प्रवाह गरेकाे उल्लेख गरे