
बुटवल,१४ जेठ– रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले क्लबको वार्षिक कार्यतालिका अनुसार बुटवल उपमहानगरपालिका–७ दिपनगरमा रहेको नीलकण्ठबाबा धाममा सहयोग प्रदान गरेको छ । धाममा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रममा रहेका विीद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यन्न, स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष देविराम पाण्डेले जानकारी दिए । क्लबका अध्यक्ष रो देवीराम पाण्डे अध्यक्षता तथा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान का रिजन सेक्रेटरी रोटारियन कृष्णप्रसाद शर्माको प्रमुख अतिथ्यता भएको उक्त कार्यक्रममा गुरुकुल विद्या आश्रमका तर्फबाट उपाध्यक्ष समाजसेवी शेरबहादुर गौतम, विद्यालयकी प्राचार्य निरा पोखरेलजी आवासीय गुरुहरूको तर्फबाट नारायण भट्टराई, कार्यसमितिका सचिव दण्डपानी पाण्डे, मूल पुजारी चेतनारायण भट्टराई, लगायतले यस नीलकण्ठ बाबाधाम तथा सन्तोषी माता गुरुकुल विद्याश्रमको संस्थापनाकालदेखि हालसम्मको वृतान्त बताएका थिए । सबैको साथ सहयोगले मात्रै सञ्चालन हुन सक्ने यस्ता खालका संस्थाहरूको संरक्षण गर्न जगेर्ना गर्न सम्बर्धन गर्न समाजका अगुवाहरुको महत्वपूर्ण भूमिका रहेको कुरा उजागर गर्नुभएको थियो रोटरी क्लव अफ तिलोत्तममा रुपन्देहीले सञ्चालन गरेको उक्त कार्यक्रममा रोटरी वर्ष २५ ÷२६ का सचिव रोटरियन किशोर कुमार बि क को सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रोटरियन कृष्णप्रसाद शर्माले रोटरीको महत्वको बारेमा र रोटरीले कसरी सेवा गर्छ भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो । अन्तमा अध्यक्षद्वारा सामग्रीहरू हस्तान्तरण गरी कार्यक्रम समापन समापन गरिएको थियो ।