लायन्स पदाधिकारीहरुको प्रशिक्षण

  • बुटवल,१० जेठ । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल अन्तर्गत क्याविनेट अफिसरहरुलाई शुक्रबार देखि प्रशिक्षण भैरहेको छ।
    लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५ /०२६ का लागि रुपन्देही ,पाल्पा ,कपिलबस्तु ,नवलपरासी र काठमाडौ क्षेत्रका क्याविनेट पदाधिकारीलाई शुक्रबार देखि तिन दिने कोटीहवामा प्रशिक्षण भैरहेको छ।
    जुलाई १ बाट कार्यकाल सुरु हुने क्याविनेट पदाधिकारीहरूको पदीय जिम्मेवारी अन्तर्गत वर्ष २०२५ /२६ का लागि १ सय ६५ जना क्याविनेट अफिसरहरुलाई प्रशिक्षण भैरहेको को डिष्ट्रिक ३२५ पि नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले जानकारी दिए । उहाँका अनुसार डिष्ट्रिक्ट तथा क्लब कसरी सञ्चालन गर्ने, भावी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्नेभूमिकाका बारेमा प्रशिक्षण गराइएको हो ।
    क्याविनेट अफिसरहरुलाइ इन्टरनेशल डारेक्टर बालकृष्ण बुर्लाकोटीले नेतृत्वको बारेमा भने एक असल नेतृत्वदायी गुण बोकेको लायन्स सदस्यबाट हरेक काम सम्भव छ । नेतृत्वको कुशल क्षमता बोक्ने लायन्स मात्र क्लबहरू थप गर्ने, सदस्यता बृद्वि गर्ने, क्लबका बैठक कार्यक्रमहरू ब्यावस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सक्ने बिचार व्यक्त गरे । एलसिआईएफ एरिया लिडर राजन लम्सालले एलसिआईएफ को गुठीको बारेमा र नेपालमा कसरि फन्ट ल्याउन सकिने भन्ने बारेमा र रणनितीका बारेमा जानकारी दिँदै पदाधिकारीहरूलाई पदीय जिम्मेवारीलगायत लायन्सको विविध विषयमा केन्द्रित भएर प्रशिक्षण गराएका थिए । डिष्ट्रिक्ट गभर्नर पुरुसोत्तम भक्त प्रधानाङ्ले सामाजीक उधमशिलता स्लोगमर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफूलाई समाज सेवाका लागि विशिष्ट खालका सामाजिक कार्यहरुमा लाग्न सहभागी लायन्स लिडरहरूलाई आग्रह समेत गरे ।
    गभर्नर भट्टराईले हेप्पी हट्स ,हेल्पीङ हेन्ड्स भन्ने मुल नारासहित नेतृत्वमा हुनुपर्ने गुणबहुआयमिक हुन्छ र एउटा लायन्समा नेतृत्वदायी गुण विकास गर्न यसका धेरै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ।’ साथसाथै लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यसँगै स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, वृक्षारोपण, स्कुल एडप्ट कार्यक्रम, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका कार्य पनि उच्च प्राथमिकतामा रहेको बताए ।
    पूर्व अस्ट्रेलियाका लागि नेपालको राजदूतमा महेश दाहालले भनेलिडरसिपमा सुन्न सक्ने क्षमता हुनु पर्ने र अरुको कुरा सुनेर मात्र प्रतिउत्तर दिन उनले सुझाव दिए । आफुलाई कमजोर नठान्ने र इथिक्स भन्दा बाहिर गएर कुनै काम नगर्ने व्यक्ति सफल हुने उनको भनाइ थियो ।
    लिडरसिपमा बोली, विश्वास र व्यवहार पक्का हुनेपर्ने र त्यसको प्रभाव काममा देखिने उनले बताए । लिडरसिप मान र सानको विषय नभई कर्तव्य र जिम्मेवारीको विषय रहेको दाहालले जनाए ।
    प्रशिक्षण कार्यक्रमा डिष्ट्रिक्ट ३२५ पि नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नरबालाराम भट्टराइ को अध्यक्षतामा तथा इन्टरनेशल डारेक्टर बालकृष्ण बुर्लाकोटी प्रमुख आतिथ्यता, पिआइडि ग्याट एरिया लिडर इसामे संन्जय खेतान, द ग्लोबल एक्टीङ टिम एरिया लिडर खगेन्द्र सिटौला,एलसिआईएफ एरिया लिडर राजन लम्साल,मल्टिपल डिष्ट्रिक्ट मार्केटिङ कोडिनेटर अरुण प्रताप राणा ,मनोबैज्ञानिक र आध्यात्मिक गुरु राजकुमार प्याकुरेल, निबर्तामान गर्भनर अर्जुनमान शैजु, इलेक्ट प्रथम डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन,इलेक्ट द्वितीय भाइस डिष्ट्रिक्ट मिना पन्थी लगाएतले प्रशिक्षण दिएका थिए । क्याबिनेट सेक्रेटरी एमएल पाण्डे कार्यक्रम संचालन गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation