नव निर्वाचित डिस्ट्रिक टिमलाई लियो बुटवलद्धारा स्वागत

  • बुटवल,३ जेठ । लियो क्लब अफ बुटवलले नव निर्वाचित डिस्ट्रिक टिमलाई स्वागत सम्मान गरेको छ ।
    सामाजिक सेवा गने उद्देश्यले स्थापित पश्चिम नेपालकै पुरानो क्लब लियो क्लब अफ बुटवलका अध्यक्ष प्रतिक खनालले शनिबार नव निर्वाचित २०२५ /०२६ डिस्ट्रिक टिमलाई स्वागत तथा सम्मान गरिएको हो ।
    उक्त कार्यक्रममा बोल्दै नव निर्वाचित जिल्ला अध्यक्ष श्रीधर बस्यालले लियो लियो क्लबहरु नितान्त सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भइ काम गरिरहेकाले क्लबमा लाग्ने सवैमा सामाजिक सेवाको भावना हुनुपर्ने बताए ।
    कार्यक्रममा भिडिपि सुष्मा बस्याल , मेम्बरसिप चेयपर्सन हिमाल खनाल,जिल्ला सचिव श्रीधर कुँवर,जिल्ला कोषाध्यक्ष मनिष ढकाल लाई स्वागत तथा बधाई दिदै लियो बुटवलका अध्यक्ष खनालले इतिहासमा यो २०२५ /०२६ डिस्ट्रिक टिम छुट्टै स्थान बनाउने छ भन्ने बिस्वास सहित सफल कार्यकालको शुभकामना दिएका छन।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation