कारागारमा भेन्टीङ्ग मेसीन स्थापना

  • बुटवल,२८ बैशाख । सामाजीक क्षेत्रमा क्रियासिल रोटयाक्ट क्लब अफसेन्ट्रन्ल र रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलको सयुक्त आयोजनामा पाल्पा कारागारमा सेनेटरी प्याड भेन्टीङ्ग मेसिन हस्तारण गरेको छ । जिल्ला कारागारका महिलाहरुको लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याडको उपयोग गर्न सजिलोकोलागि भेन्टीङ्ग मेसिन स्थापना गरिएको रोटयाक्ट क्लब सेन्टलका अध्यक्ष युकेस मान ज्ञवालीले बताए।प्रोजेक्ट एसएचई९सर्पोट–हाईजीन–ईम्पावर अन्र्तगत दुई क्लवहरुको सहकार्यमा उक्त मेसिन स्थापना गरिएको हो ।

    उक्त मेसिन स्थापना सहित २ बर्षको लागि पुग्ने २ सय ३० थान सेनेटरी प्याड समेत कारागार प्रसासनलाई प्रदान गरिएको रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष सुरुचि क्षेत्री बताइन । कार्यक्रमा जिल्ला कारागार प्रशासन प्रमुख भगवान भक्त अर्याल ,कारागार स्वास्थ्य अधिकृत गणेश गैरे तथा क्लबका सदस्यहरु उपस्थीत रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation