सामाजिक सुरक्षाबारे कोषको प्याब्सन संग अभिमुखिकरण

  •  

    बुटवल, २७ बैशाख । योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारेमा नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) लुम्बिनी प्रदेश अन्र्तगतका विद्यालयका प्रधानाध्यापक तथा सञ्चालहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका प्याब्सन अन्र्तगतका विद्यालयका प्रमुख तथा प्रतिनिधीहरुका सहभागीतामा बुटवलमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले योगदानमा आधारित सामजिक सुरक्षा कोष आफैमा महत्वपूर्ण कार्य भएको भन्दै यसको पूर्ण कार्यान्वयनमा जोड दिए । उनले सामाजिक सुरक्षा कोषको पूर्णरुपमा कार्यान्वयन भएमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुमा थप हौसला विकास हुन गई त्यसले दीर्घकालीन शैक्षिक उपलब्धीमा समेत बलियो हुने बताएका थिए ।

    नेपाल सरकारबाट समेत यसमा सहजीकरण गर्नुपर्नेमासमेत जोड दिएका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोष को कार्यालयका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले सहजीकरण गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको महत्व, सरकारले लिएको उदेश्य कोविषयमा सहजीकरण गरेका थिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेको जानकारी दिदै जसलेगर्दा कोषको कार्य क्षेत्रलाई व्यापक बनाएको बताए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू गर्दैआएको बताएका थिए । कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरी पाण्डेयले सामाजिक सुरक्षाको विषयमा विस्तृतमा बुझ्न र बुझाउनको लागि प्याब्सनले कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले सामाजिक सुरक्षा कोषको सहकार्यमा प्रदेशका अन्य जिल्लाहरुमा पछि कार्यक्रम आयोजना गरिने र शनिबार बुटवलमा ७ वटा जिल्लाको सहभागीतामा कार्यक्रम गरिएको जानकारी दिएका थिए ।उनले सामाजिक सुरक्षामा जानको लागि सरकारले तत्काल आग्रह गरेपनि योगदानमा आधारित विषय राम्रो भएपनि यसको तत्काल कार्यान्वयनको लागि सबै तहमा व्यापक छलफल हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्याब्सन नेपालका प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, राष्ट्रिय सह अध्यक्ष सन्तोष अधिकारी, पुर्व केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, सुमन गोपाल आचार्य लगायतको केन्द्रीय पदाधिकारी, जिल्ला अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा समाजिक सुरक्षा कोष बुटवल शाखाबाट खिम कार्की र केदार पौडेलले व्यवस्थापकीय भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश संयोजक अजाज आलमज्यू र कोषका अभियानता कमल गौतमज्यूले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा हुने दीर्घकालीन लाभहरू र आवद्ध नहुँदा संस्थाले भोग्न सक्ने सम्भावित नोक्सानीहरूबारे स्पष्ट रूपमा प्रकाश पार्नुभयो। कार्यक्रमको मुख्य उपलब्धिको रूपमा सबै निजी विद्यालयहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत (enroll) हुने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ, जुन शिक्षाक्षेत्रमा श्रमिकको सामाजिक सुरक्षातर्फको ठोस कदमको रूपमा लिइएको छ। शिक्षा र सामाजिक सुरक्षाबीचको सहकार्यलाई मजबुत बनाउने यो कार्यक्रम अत्यन्त सफल, ज्ञानवर्धक र प्रेरणादायी रुपमा सम्पन्न भएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation